दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै « Khabarhub

दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट नेपाल प्रहरीको नियन्त्रणमा, काठमाडौं ल्याइँदै


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् ।

भारतीय प्रहरीले अनौपचारिक रुपमा उनलाई झापाको भद्रपुर नाकामा ल्याएर छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतको आसामबाट समातिएका प्रसाईंलाई सुपुर्दगी सन्धि अभावका कारण अनौपचारिक रुपमा छिमेकी प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।

उनलाई शुक्रबार बिहान ११ बजेको उडानबाट काठमाडौं ल्याउन लागिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा राखिएको छ ।

काठमाडौं विमानस्थलबाट जिल्ला प्रहरी परिसरले जिम्मा लिएपछि उनलाई भद्रकालीस्थित हिरासतमा लगिनेछ ।

त्यहाँबाट उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको अपराधअन्तर्गत जिल्ला अदालतमा म्याद थपका लागि लगिने छ।

म्याद थपेर उनीमाथि रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई जस्तै राज्यविरुद्धको अपराधमा अनुसन्धान अघि बढाइनेछ ।

गत चैत १५ गते उनी र नवराज सुवेदी नेतृत्वको राजावादी प्रदर्शका क्रममा २ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा ४६ करोडको क्षति भएको अनुमान छ । उक्त घटनाका लागि जिम्मेवार बनाएर उनीविरुद्ध सजायको मागदाबी तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १० : ५० बजे

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन