दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं ल्याइयो « Khabarhub

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं ल्याइयो


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट पक्राउ गरेर बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याइयो ।

उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए ।

राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईंलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो । चैत १४ गते निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि प्रसाईं जोशिएका थिए ।

भीडलाई उत्तेजित बनाएर प्रसाईं प्रहरीको सुुरक्षा घेरा तोडी भाग्न सफल भएका थिए । प्रसाईंको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट बिहीबार राति पक्राउ गरिएको दाबी गरेको थियो प्रहरीले उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : १७ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र