दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं ल्याइयो « Khabarhub

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं ल्याइयो


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट पक्राउ गरेर बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याइयो ।

उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए ।

राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईंलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो । चैत १४ गते निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि प्रसाईं जोशिएका थिए ।

भीडलाई उत्तेजित बनाएर प्रसाईं प्रहरीको सुुरक्षा घेरा तोडी भाग्न सफल भएका थिए । प्रसाईंको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट बिहीबार राति पक्राउ गरिएको दाबी गरेको थियो प्रहरीले उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : १७ बजे

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स