आजदेखि प्रदर्शनमा आयो ‘कर्मा’ « Khabarhub

आजदेखि प्रदर्शनमा आयो ‘कर्मा’


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्राइडे रिलिजमा आज (शुक्रबार) देखि चलचित्र ‘कर्मा’ प्रदर्शनमा आएको छ ।

अगस्त्यः च्याप्टर १ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको ‘कर्मा’ एकसाथ देशव्यापी रुपमा प्रदर्शनमा आएको हो ।

नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘कर्मा’ काठमाडौं र मोफसलका हल गरेर करिब १ सय ५० शोमा प्रदर्शन भइरहेको छ ।

यो चलचित्रले एक्सन, ड्रामा र सस्पेन्सको सम्मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको निर्माण पक्षको दाबी छ ।

कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतले अभिनय गरेका छन् ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : २१ बजे

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक