वैतेश्वरका सीमाक्षेत्रमा जोडिँदै सिसी क्यामेरा « Khabarhub

वैतेश्वरका सीमाक्षेत्रमा जोडिँदै सिसी क्यामेरा


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले आफ्नो सीमाना क्षेत्रलाई सिसी क्यामेराको निगरानीमा राख्ने भएको छ ।

गाउँपालिकाको सिमाना क्षेत्रको सुरक्षा संयन्त्रलाई मध्यनजर गरेर सिसी क्यामेरा जडान कार्य सुरु गरेको वैतेश्वर गाउँपालिकाका सूचना अधिकारी एवं कम्प्युटर इन्जिनियर रोशन कुमार गिरीले जानकारी दिए ।

गाउँपालिकाले आफ्नो सीमा जोडिएको जिरी र वैतेश्वरको खावामा अत्याधुनिक प्रविधिको पिटीजेट सिसी क्यामेरा राखेको छ । त्यसैगरी दोस्रो अत्यधिक सवारी र मानिस ओहोरदोहोर हुने तामाकोशी बजारको वैतेश्वर क्षेत्रमा क्यामेरा जोडिएको छ।

तामाकोशी बजार जिल्लाको भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका र वैतेश्वर गाउँपालिकाको संगम स्थल हो ।

गाउँपालिकाले यहाँ पनि सिसी क्यामेरा मार्फत निगरानी गर्ने भएको हो । त्यसैगरी वैतेश्वर र तामाकोशी गाउँपालिकाको सीमा नाका गोपिखोलामा सिसी क्यामेराको निगरानीमा राखिएको छ । 

बजार तथा सीमा क्षेत्रमा हुने चोरी, डकैती तथा अन्य आपराधिक घटना रोकथाम तथा अनुसन्धान सहज बनाउन सिसी क्यामेराबाट निगरानी बढाइएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।

गाउँपालिका प्रशासन तथा स्थानीय सुरक्षा निकाय, इलाका प्रहरी कार्यालय मैनापोखरी, अस्थायी प्रहरी चौकी पुतलिकाठले निगरानी गर्ने गरी सिमाना क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको अध्यक्ष लामाले बताए ।

उक्त सिसिटिभीको गाउँपालिकाले कार्यालयबाटै  निगरानी गर्न सकिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यस अघि पनि पालिका भित्रका मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा राखिसकेको छ।

पालिकाले छुटेका तथा अन्य पालिकासँग सिमाना जोडिएको र बाकी सार्वजनिक सम्पत्ति भएका स्थलमा  पनि सिसी क्यामेरा राख्ने जनाएको छ। ‍-सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : १५ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती