मुन्धुम पदमार्गमा असुरक्षित पर्यटक : चखिया घुम्‍न जाँदा मरनासन्न हुने गरि कुटिए भारतीय युवा | Khabarhub Khabarhub

मुन्धुम पदमार्गमा असुरक्षित पर्यटक : चखिया घुम्‍न जाँदा मरनासन्न हुने गरि कुटिए भारतीय युवा

घटनामा संलग्नलाई उन्मुक्ति, सामाजिक सञ्जालबाट धम्की दिँदै


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- पछिल्लो केही वर्षयता माझ किरातको भूगोलमा पर्यटक तान्ने माध्यम बनिरहेको मुन्धुम पदमार्गकै बदनामी हुने गरि एउटा घटना बाहिरिएको छ ।

भोजपुर सदरमुकाम आयोजित एक नृत्य प्रतियोगितामा भाग लिन आएका भारतीय भ्लगर रतुल रोक्स मरनासन्न हुने गरी चार दिनअघि कुटिएका हुन् ।

यसअघि पनि पटक पटक विवादित भएर पक्राउसमेत परिसकेका सन्तोष चाम्लिङ राईसहितका युवाले भोजपुरको चखियामा ती भारतीय युवालाई कुटपिट गरेका हुन् ।

भारतीय भ्लगर तथा नृत्यकार रोक्सले भोजपुरबाट ज्यान बचाएर देश फर्किएपछि उक्त घटनाको खुलासा गर्दै भिडियो बनाएका छन् । उनले आफूलाई ती सन्तोष नाममा युवासहित ६ जनाले ‘काले’ भन्दै वर्णविभेद गरेर बोलाएको पनि उनले भिडियोमा खुलाएका छन् । चखिया घुमेर ओरालो फर्किने क्रममा सन्तोषसहितले आफूलाई मरनासन्न हुने गरी कुटेको कुरा उनले आफ्नो भिडियोमा उल्लेख गरेका छन्।

भोजपुर सदरमुकामा आयोजित नृत्य प्रतियोगिता जितेर चखिया घुम्न निस्किएका रोक्सको अनुहार पूरै सुन्निने गरी कुटिएको भिडियोमा देख्न सकिन्छ ।

खासगरी टेम्के-मैयुङ गाउँपालिकाले मुन्धुम पदमार्गअन्तर्गत पर्ने चखियामा आन्तरिक र बाह्य पर्यटकका लागि लगानी गरिरहेको छ । यसअघि चखियामै कृषि महोत्सव पनि आयोजना गरिएको थियो । चखियामै देशकै ठूलो राशिको पहिचान पुरस्कार पनि वितरण गर्ने गरिन्छ । काठमाडौंमा हुने कार्यक्रम पनि चखियामा गरेर आन्तरिक तथा बाह्य पर्यटक तान्ने कोसिस भइरहेका बेला भारतबाट घुम्न आएका युवालाई मादक पदार्थले मातेका युवाले मरनासन्न हुने गरि कुटेका हुन् ।

रोक्सले आफू कुटिएको कुराबारे ६ मिनेट भिडियोमा दुखेसोसहित नेपाल असुरक्षित रहेकाले कोही पनि नजानसमेत भनेका छन् ।

‘मेरो बाइक पञ्चर भएको थियो । ओरालोमा बिस्तारै झर्दैथियौँ । त्यहीबेला मलाई सन्तोष नाम गरेकासहितले मेरो हेल्मेट खोलेर कुटपिट गरे । अनुहार, छाति र शरीरमा मुक्का र लात्ती बर्साइयो’, उनले भनेका छन्, ‘मेरो शरीरमाथि उनीहरूले फुटबलझैँ लात्ती प्रहार गरे । पछि प्रहरी आएपछि पनि उनीहरूलाई केही गरेन । उनीहरूले प्रहरीकैसामु पनि मलाई कुट्ने धम्की दिए । शरण लिन होटल पुग्दा पनि अभद्र व्यवहार गरे, मलाई यहाँबाट निस्केर गइजा भने ।’

कुटिएका युवाले बनाएको भिडियो

उनले नेपालको भूगोलमा भारतीय पर्यटक बनेर जानु नै आफ्नो गल्ती भएको दुखेसो गरेका छन् । ‘प्रहरीकैसामु मलाई खुकुरीले हानेर मार्ने धम्की दिए । तर प्रहरी त्यहाँ केही नगरी रमिते बनेर बसिरह्यो’, उनले भने, ‘ममाथि भएको त्यो अपराधको घटना प्रहरी हेरेर बसिरह्यो, मेरो सुरक्षाको पनि ख्याल गरेन । प्रहरी उल्टै मलाई कुट्नेहरूकै सुरक्षामा लागिरहेको थियो ।’

उनले उक्त प्रकरणमा आफ्नो ज्यान बचाउन जीवन नामका एक युवकले भूमिका खेलेकोमा धन्यवाद दिएका छन् । यदि जीवन नामका युवक नभएको भए नेपालमै मारिने पनि उनले बताएका छन् । आफ्नो ज्यान बचाइदिएकोमा उनले भोजपुरस्थित नेपाली नृत्य टोलीलाई धन्यवादसमेत दिएका छन् ।

संयोग कस्तो छ भने भोजपुरकै छिमेकी तेह्रथुमको तीनजुरे-मिल्केमा प्रदेश सरकारको लगानीमा ‘कोशी पर्यटन वर्ष-२०८२’ को उद्घाटन भएकै भोलिपल्ट भोजपुरमा यो गम्भीर आपराधिक घटना सार्वजनिक भएको हो ।

सबैभन्दा अचम्म त के छ भने चखिया पुगेको इलाका प्रहरी दिल्पाको टोलीले त कुटपिट गर्नेकै संरक्षण गर्‍यो नै, अझ मिलापत्रका नाममा उनीहरूलाई खुल्लै छाडियो । कुटपिटका नाइके सन्तोष चाम्लिङ राईले त घटना सार्वजनिक भइसेकपछि सामाजिक सञ्जालमासमेत लेख्न भ्याएका छन् । यद्यपि उनले उक्त स्टाटस मेटाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘ती इन्डियन धो..हरूलाई अझै पुगेन, उनीहरूलाई गर्नुपर्ने नै त्यही थियो ।’

उक्त घटनापछि पनि जोशिएका उनको यो लेखाईले भोजपुरको प्रहरी प्रशासनमाथि पनि गम्भीर प्रश्न उठाएको छ । भोजपुरका डीएसपी युवराज तिमल्सिनाले यो घटनालाई झन् सामान्य रुपमा टिप्पणी गरेका छन् ।

सञ्चारकर्मीहरूले सोध्द उनले ३/४ दिनअघिको घटना भएको जवाफ दिउकमा छन् । उनले ती भारतीय युवालाई स्थानीयले कुटपिट गर्दा चोट लागेको बताउँदै घटनापछि उनीहरू छलफलबाट मिलेर गएका हल्का जवाफ दिएका छन् । कुटपिटका मुख्य नाइके सन्तोषले उक्त घटनाबारे लेखेको जातीय टिप्पणीले उनलाई प्रहरी प्रशासनले माफी मगाउनुको सट्टा संरक्षण गरेर छाडेको पुष्टि भएको छ।

ती भारतीय युवा रोक्सले लिएको नाम र उनले सार्वजनिक गरेको भिडियोमा देखिएका युवा सन्तोष चाम्लिङ राई नेकपा एमाले पृष्ठभमिका देखिन्छन् । उनलाई स्थानीय जनप्रतिनिधिले नै संरक्षण गरेको खुलेको छ । गाउँपालिकाकै जनप्रतिनधि र वडाध्यक्षबाट संरक्षण पाएका उनी अझै पनि सामाजिक सञ्जालमा जातीय टिप्पणीसहित लेखिरहेका छन् ।

यस प्रकरणमा ती भारतीय युवासँग नेपाली कांग्रेसका नेता हेमन्त मुकारूङसहितले माफीसमेत मागेका थिए । उनीहरूले आफ्नो गाउँमा भएको यो घटनाका लागि माफी मागेर ती भारतीय युवालाई पठाए पनि दोषीलाई कारबाहीका लागि कतैबाट पहल भए । भोजपुरका प्रहरी प्रमुख नै यस घटनालाई सामान्यीकरण गरेर मिलापत्र भएको भन्दै ढाकछोपमा लागेका छन् ।

पालिका अध्यक्षले मागे माफी

चखिया, ट्याम्के र मैयुङसहितलाई मुन्धु ट्रेलका रुपमा विकास गरेर पर्यटक तान्न संघर्ष गरिरहेका टेम्के मैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले यस प्रकरणमा शुक्रबार सार्वजनिक रुपमा माफी मागेका छन् ।

‘मुन्धुम पदमार्ग घुम्न आउनुहुने पर्यटकहरूमाथि भएको दुर्व्यवहारप्रति घोर आपत्ति र दुःख व्यक्त गर्न चाहन्छु। यस घटनाको छानबिन भइरहेको पनि जानकारी गराउन चाहन्छु’, उनले भनेका छन्, ‘सचेत नागरिकहरूको अगुवाइमा मात्रै समृद्धि सम्भव छ । पर्यटन विकास सम्भव छ भन्ने बुझाइका साथ हामी पालिका लागिरहेको अवस्थामा यस्तो निन्दनीय घटना हुनु दुःखद हो’

उनले यो घटना छानबिनकै अवस्थामा रहेका पर्यटन प्रवर्द्धनका लागि सुरक्षा व्यवस्था पनि एउटा चुनौतीका रुपमा आएको स्वीकारेका छन् । उनले पालिकाबासीलाई सचेत भएर पर्यटन प्रवर्द्धन लाग्न पनि अपिल गरेका छन् ।

उनले आफू पालिका क्षेत्रमा नभएका बेला यो घटना हुन पुगेको भन्दै माफी मागेका हुन् । ‘म पालिकामा नभएको समयमा कुटपिट भएको रहेछ । अहिले घटनालाई अनुसन्धान गर्न सहजीकरण गरिरहेको छु’, उनले भने, ‘उक्त घटनालाई लिएर सन्तोष राई र शुभराज राई अहिले दुईजना युवा तारेखमा छन् ।’

अर्का पालिका अध्यक्षले यसो भने

उता बृहत् मुन्धुम पदमार्गअन्तर्गत पर्ने भोजपुरकै हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले पनि यस प्रकरणमा माफी मागेका छन्।

‘कोशी पर्यटन वर्ष-२०८२ भर्खरै सुरू भएको छ । सुनसरीको कोशीटप्पु र बराहक्षेत्र,उदयपुरको बेलका, भोजपुरको हतुवागढी, आमचोक, रामप्रसाद राई, टेम्केमैयुङ हुँदै साल्पा सिलिछोसम्मको ग्रेटर मुन्धुम पदमार्ग काम अघि बढ्दैछ, यसमा हामी निकै आशावादी पनि छौँ’, उनले भनेका छन्, ‘यसै खण्डमा पर्ने चखिया क्षेत्रमा भएको यस घटनाले अत्यन्तै दुखित बनाएको छ, भविष्यमा यो मार्गमा पर्ने गाउँपालिका भएको नाताले माफी माग्दै सत्यतथ्य खोजी गरी आगामी दिनमा यस्तो घटना हुन नदिन ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : २० बजे

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण

भद्रपुर– कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय किसान उमाशंकर गणेशले

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

काँक्रेविहार– कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा

निर्वाचन अघि क्यानडाका शीर्ष नेताको बहस : प्रमुख मुद्दा बन्यो ट्रम्प नीति

क्यानडा – अमेरिकाले लगाएको करको विषयमा क्यानडाका शीर्ष नेताले छलफल

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा– सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख

विश्व सम्पदा दिवस मनाइँदै, सम्पदा प्रभाव मूल्यांकन गरिने

 काठमाडौं– सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका