कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान « Khabarhub

कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारको अनुदान


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपालको परम्परागत रैथाने बालीका रूपमा रहेको कोदो पछिल्लो समय हराउँदै गएको छ । नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बालीको खेती घट्दै गएको छ ।

कोदोको महत्त्व बिर्सेका किसान अहिले नगदेबालीतर्फ आकर्षित भएका दोगडाकेदार–३ श्रीकोटका ६८ वर्षीय नन्दराज भट्टले बताए । उनले भने, ‘कोदोको महत्त्व बिर्सेका किसान अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारीखेतीतर्फ आकर्षित भएका छन् । त्यसले गर्दा कोदोजस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् ।’

यसैबीच जिल्लाको शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्द्धन गर्न किसानलाई चार लाख रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर खेती प्रवर्द्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । 

कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई चार लाख रुपैयाँ बजेट प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । कोदोखेती गर्ने किसानले प्रतिरोपनी रु ७०० का दरले अनुदान पाउने जनाएको छ । 

गाउँपालिकाले यसअघि गर्भवती आमाहरूलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्पे्ररणा दिन कोदोमा अनुदान कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष साउदले बताए ।

उनले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोका परिकार बनाएर खुवाउने निर्णय भएको बताए । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा परिवर्तन आएको छ । 

कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक खाद्यान्न रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने कोदोको प्रयोगले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास हुने गरेको छ । यसका साथै कोदोमा फाइबर, प्रोटिन र खनिजजस्तै क्याल्सियम, आइरन र म्याग्नेसियमको मात्रा उच्च हुन्छ । यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत पुर्‍याउँछ । साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ ।
 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ३० बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख