‘चैत १५ को घटनामा प्रसाईंसँगै ज्ञानेन्द्र शाहलाई पनि कठघरामा तानौँ’ « Khabarhub

‘चैत १५ को घटनामा प्रसाईंसँगै ज्ञानेन्द्र शाहलाई पनि कठघरामा तानौँ’


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसँगै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थालेको छ।

विभिन्न दलका नेताहरूलले उक्त प्रकरणमा पूर्वराजालाई पनि तान्नुपर्ने तर्क गरेका हुन् । नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले पूर्वराजा शाहलाई यसअघि नै जिम्मेवार बनाउनुपर्ने बताइसकेकाछन् ।

यस्तोमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले उक्त प्रकरणमा पूर्वराजालाई पनि दोषी बनाउनुपर्ने बताएका छन् ।

‘चैत्र १५ गते राजावादीले जे गरे त्यो आपराधिक थियो । त्यसको निन्दा–भर्त्सना हुनु पर्थ्यो, भइरहने छ’, उनले भने, ‘तर अहिले त्यस घटनाको प्रचार यसरी गर्न थालिएको छ ताकि राजनीतिको चुलीमा बसेर यिनीहरूले गरेका सबै नालायकी र भ्रष्टाचार आमनागरिकले भुलुन्, बरू यिनीहरूलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंलाई नै उभ्याइयोस् ।’

उनले मुलुकमा गएको ७५ वर्षमा केही भएको पनि बताएका छन् । ‘तर अहिले ‘विकास भएको’ राष्ट्रिय भाष्य निर्माण गर्न एउटा नयाँ प्रोपगण्डा जत्थालाई यसरी खटाइएको छ ताकि यिनको दलाल/विचौलिया गिरोहले गरेको राज्यदोहनको कुन मूल्य चुकाएर मुलुकले आजको बाटो, औसत आयु, स्वास्थ र साक्षरता, मोबाइल फोनजस्ता ‘विकास’ पाएको छ भन्ने तितो यथार्थ नागरिकका दिमागबाट मेटियोस्’, उनले भने ।

भुसालले रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय रहेका बताए । ‘तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरु कसैलाई नेता मानेर आफ्नैविरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ । रवि/बालेनहरूको उखरमाउलोलाई यस्तो राष्ट्रिय खतरा देखाउन खोजिँदैछ जसमा सत्ताधारीका पाप पखाल्न पाइयोस्’, थपेका छन् ।

उनले चन्द्र–सूर्य रहेसम्म मुलुकको यही बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् भन्ने कांग्रे-एमालेले चाहेको बताएका छन् ।

‘वस्तुतः हाम्रो राजनीतिले प्रायश्चित्त नगर्दासम्म विद्रुप सपनाको ऐठनले हाम्रो गणतन्त्रलाई झस्काइरहने छ’, उनले भनेका छन्, ‘हामीले यिनीहरूको पाप बोकिरहनु र मुलुकको वास्तविक जीवनमा लोकतन्त्र आउनु असम्भव छ ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ४८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर