प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ « Khabarhub

प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले शुक्रबार भद्रपुरस्थित सीमाक्षेत्रबाट पक्राउ गरेपछि दुर्गा प्रसाईंले आफू नआत्तिएको बताएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।

उनलाई चन्द्रगढी विमानस्थलसम्म प्रहरीले भ्यानमा हालेर ल्याएको थियो। त्यहीक्रममा उनले तीन शब्द बोल्न पाए ।

विमानस्थल टर्मिनलतिर प्रहरीले लैजाँदै गर्दा उनले तीन शब्द बोले । ‘म आत्तेको छैन, यो तस्करविरुद्धको लडाइँ हो, आफैँ पक्राउ दिएको हो’, प्रहरीले धकेल्दै गर्दा उनले भने ।

प्रसाईंलाई प्रहरीले भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइसकेको छ। खासमा उनी भारतको आसाममा पक्राउ परेका थिए । तर भारतसँग सुपुर्दगी सन्धि नभएका कारण प्राविधिक कुरा मिलाएर भद्रपुरबाट समातिएको उल्लेख गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ०१ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती