प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ « Khabarhub

प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले शुक्रबार भद्रपुरस्थित सीमाक्षेत्रबाट पक्राउ गरेपछि दुर्गा प्रसाईंले आफू नआत्तिएको बताएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।

उनलाई चन्द्रगढी विमानस्थलसम्म प्रहरीले भ्यानमा हालेर ल्याएको थियो। त्यहीक्रममा उनले तीन शब्द बोल्न पाए ।

विमानस्थल टर्मिनलतिर प्रहरीले लैजाँदै गर्दा उनले तीन शब्द बोले । ‘म आत्तेको छैन, यो तस्करविरुद्धको लडाइँ हो, आफैँ पक्राउ दिएको हो’, प्रहरीले धकेल्दै गर्दा उनले भने ।

प्रसाईंलाई प्रहरीले भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइसकेको छ। खासमा उनी भारतको आसाममा पक्राउ परेका थिए । तर भारतसँग सुपुर्दगी सन्धि नभएका कारण प्राविधिक कुरा मिलाएर भद्रपुरबाट समातिएको उल्लेख गरिएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ०१ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल