एमाले नेता सूर्य थापालाई मार्ने धम्कीसहितको म्यासेज, पक्राउ परे २९ वर्षीय युवक « Khabarhub

एमाले नेता सूर्य थापालाई मार्ने धम्कीसहितको म्यासेज, पक्राउ परे २९ वर्षीय युवक


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले हिरासतमा लिएको हो । पन्तले थापालाई मध्यराति धम्कीपूर्ण ह्वाट्एप म्यासेज पठाएका थिए।

थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान थालेकोमा प्रहरीलाई धन्यवाद दिएका छन्। थापाले पन्तको परिचय खुल्ने कागजात सार्वजनिक गरेका छन् ।

‘मलाई मध्यराति (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ ? हेर्नुहोला ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : १९ बजे

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको