थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगे रवि « Khabarhub

थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगे रवि


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

लामिछानेकोतर्फबाट श्रीमती निकिता आफैं उपस्थित भएर कानुन व्यवसायीमार्फत् शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् ।

बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले जानकारी दिए ।

सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम मागेको थियो ।

उक्त धरौटी बुझाएर छुटेका रविले साधारण तारेखमा छाड्न मागसहित पुनरावेदन हालेका थिए । उता सरकारी वकिलको कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्चमा निवेदन दिएको थियो । सरकारी वकिलको निवेदनअनुसार उच्चले आदेश दिएपछि रवि थुनामा गएका हुन्।

दुवै निवेदनमाथि सुनुवाइपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यही आदेशअनुसार रवि अहिले भैरहवा कारागारको ४ नम्बर ब्लकमा छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  २ : ५५ बजे

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान