प्रसाईं पक्राउपछि गृहमन्त्री भन्छन्- अनुसन्धान जारी छ, अझै अरू पनि तानिन्छन् « Khabarhub

प्रसाईं पक्राउपछि गृहमन्त्री भन्छन्- अनुसन्धान जारी छ, अझै अरू पनि तानिन्छन्


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रर्दशनका क्रममा तोडफोड र आगजानी लगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको बताएका छन् ।

उक्त प्रर्दशनमा मुख्य आरोपी दुर्गा प्रसाइलाई पक्राउ गरिएको जानकारी दिदैं गृहमन्त्री लेखकले घटनाका अन्य आरोपीहरु पनि पक्राउ पर्ने क्रम जारी रहेको उनले बताए ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले उक्त घटनामा अरोपित पक्राउ गर्ने क्रम र अनुसन्धानको क्रम जारी रहेको जानकारी दिए ।

तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिए ।

‘घाइतेलाई अस्पतालहरुमा पुगेरै मैले भेटेको छु,’ उनले भने, ‘घटनामा मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहतस्वरुप दश-दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ ।’

उनले तीनकुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्यासमेत गरे । ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित हुदैन’, उनले भने, ‘हिन्दुजस्तो उत्कृष्ट धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नु हुँदैन ।’

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिए ।

तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लेखकले बताए । ‘यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि जानकारी गराउँछु’, उनले भने, ‘घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : १८ बजे

जन्मदिनको शुभकामना दिँदै ईश्वरले खोजे विष्णुको साथ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र भएको

तीन दिनदेखि गाडीसहित बेपत्ता दीपेन्द्र केसीको शव भेटियो

उदयपुर– तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८

अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह

धनगढी– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि

घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

मुस्ताङ– यहाँको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा