नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ? « Khabarhub

नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ?


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो समय अन्तिम मूल्य (क्लोजिङ प्राइज) फरक परिरहेको छ । नेप्से ३ बजे बन्द हुन्छ । तर नेप्सेको साइडमा ३ बजे हेर्दा बजार बढिरहेको देखिएता पनि १५/२० मिनेटपछि हेर्दा घटेको देखिन्छ । 

मंगलबार त्यस्तै भएको थियो । बजार बन्द हुँदा साइडमा बजार १ भन्दा बढी अंकले घटिरहेको थियो । तर, केही समयपछि हेर्दा भने नेप्से ३ अंक भन्दा बढीले घटेको देखियो । 

बुधबार पनि त्यस्तै भयो । बुधबार नेप्से बन्द हुँदा ३ बजे भने १३ अंकले बजार बढेको थियो भने करिब ३ः१८ बजेतिर हेर्दा भने ९ अंकले मात्र बढेको देखियो । 

बिहीबार पनि त्यस्तै भयो । बिहीबार ३ बजे ८ अंकले घटेको बजार आधा घण्टापछि हेर्दा ५ अंकले घटेको देखियो । सोही विषयलाई लिएर लगानीकर्ता नवराज दाहालले सामाजिक सञ्चालमार्फत बजार बन्द हुने ३ बजे भएपनि नेप्से घटेबढेको नतिजा हेर्न आधा घण्टा पर्खिनु पर्ने अवस्था आयो हैन त ? भन्दै प्रश्न गरे । 

‘सिस्टममा सेट गरेर तुरुन्त समायोजन हुने विधि अपनाउन त नियामक निकायमा बुद्धि विवेक भएका मान्छे चाहिन्छ जुन अहिले उपलब्ध छैनन् .. धन्यवाद ।’, उनले नियामकिय निकायलाई भने । 

नेप्सेमा यस्तो भएको यो पहिलो पटक भने होइन । नेप्सेले अन्तिम १५ मिनेटमा भएको कारोबारलाई एभरेजिङ गरेर मूल्य निर्धारण गर्न लागु गरेदेखिनै यस्तो भइरहेको छ । 

नेप्सेको स्टिमले सबै डाटाहरू लिएर त्यसलाई एभरेजिङ गराउन समय लाग्ने भएकाले गर्दा त्यस्तो भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुली बताउँछन् । 

परीक्षण गर्दा ७ देखि ११ मिनेटसम्म लागेको थियो तर अहिले कार्यान्वयनमा जाँदा १५ देखि २० मिनेट लागेको पराजुली बताउँछन् ।  

‘कम्प्युटर खोल्दा कहिले एकैछिनमा खुल्छ कहिले अलिकति समय लिन्छ त्यस्तै हो । समय चाहिँ लिन्छ यसले तर हामीले सोचेको भन्दा बढी लिएको छ’, पराजुलीले भने, ‘शून्य समय भन्ने त हुँदैन । संसारमा कतै पनि बजार बन्द हुनेबित्तिकै त आउँदैन । तर, १५ मिनेट भन्दा बढी समय लिन्छ भन्ने हामीले अनुमान गरेका थिएनौँ ।’ 

सिस्टमले विभिन्न डाटाहरू लिएर एभरेजिङ गराउनु पर्ने भएकाले त्यस्तो भएको पराजुली बताउँछन् । ‘३१७ वटा कम्पनीको कारोबार भयो । २ः४५ देखि ३ बजेसम्मको कति वटा कारोबार कति क्वानटीटीको भएको छ’, पराजुलीले भने, ‘त्यो सबै स्टमले तान्नु पर्‍यो । त्यसलाई एभरेजिङ गर्दा समय लाग्ने हो ।’ 

सिस्टम बढी क्षमताको ल्याएपनि त्यस्तै हुने पराजुली बताउँछन् । यो समस्यालाई ८ मिनेट १० मिनेटमा झार्न सकिएला तर शून्य गर्न भने नसकिने पराजुली बताउँछन् । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : ०१ बजे

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन