म्याद दिँदै अदालतले भन्यो- क्यान्सरका बिरामी प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू « Khabarhub

म्याद दिँदै अदालतले भन्यो- क्यान्सरका बिरामी प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंले क्यान्सरको बिरामीसमेत रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन प्रहरीलाई आदेश दिएको छ।

बिहीबार भारतको आसाममा पक्राउ परेका उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिँदै अदालतले उपचारको व्यवस्था गर्न पनि भनेको हो ।

राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अदालतले प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राख्ने अनुमति प्रहरीलाई दिएको छ । प्रसाईं र बडिगार्ड खड्कालाई जिल्ला प्रहरी परिसर भद्रकालीको हरासतमा राखिनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ४ : ०७ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको