औद्योगिक क्षेत्रमा सरकारले नीतिगत सुधार गरेको मन्त्रीकाे दाबी « Khabarhub

औद्योगिक क्षेत्रमा सरकारले नीतिगत सुधार गरेको मन्त्रीकाे दाबी


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकाले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिइएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताए । उनले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार धनगढीमा आयोजना गरेको विशेष सभामा उनले देशको सन्तुलित विकासका लागि लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधार गरेको उल्लेख गरे ।

‘आर्थिक विकासका लागि औद्योगिक विकास जरुरी छ, उत्पादन र उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर नीतिगत सुधार गर्दै आएका छौँ’, मन्त्री भण्डारीले भने । उनले सरकारले उद्योगको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत कार्यक्रमको प्रयास थालेको बताए ।

देशमा महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाको कामले गति लिइरहेको बताउँदै उनले सरकारले रोजगारी सिर्जनाका अवसरहरूलाई पनि प्राथमिकतामा राखेको बताए ।

राजनीतिक अस्थिरताका कारण देशमा विकास निर्माणका कामले गति लिन नसकेकाले राजनीतिक स्थिरता र विकास निर्माण गर्न दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको उनको भनाइ थियो । मन्त्री भण्डारीले दोधरा–चाँदनी सुक्खा बन्दरगाह स्थापना भइसकेको उल्लेख गर्दै गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ०३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर