तीनकुने प्रकरणमा कांग्रेस सांसद यादव- म मन्त्री भए दुर्गा प्रसाईंमाथि गोली हान्न आदेश दिन्थेँ « Khabarhub

तीनकुने प्रकरणमा कांग्रेस सांसद यादव- म मन्त्री भए दुर्गा प्रसाईंमाथि गोली हान्न आदेश दिन्थेँ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसकी सांसद नगिना यादवले चैत १५ गते राजावादीले गरेको आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंबारे विवादित अभिव्यक्ति दिएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको कानुन समितिको बैठकमा बोल्दै सांसद यादवले चैत १५ गते तीनकुनेमा निषेधित क्षेत्र तोड्न नदिन ब्यारिकेट बनाएर प्रहरीमाथि गाडी कुदाउने प्रसाईंलाई त्यतिबेलै सुट गर्नुपर्ने जिकिर गरेकी हुन् ।

‘जसरी स्थानीय प्रशासनबाट तोकिएको निषेधित क्षेत्र प्रसाईंले जबरजस्ती तोडेका छन्’, उनले भनिन्, ‘यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ। तर, यदि म मन्त्री भएको भए प्रसाईंमाथि सुट गर्न (गोली हान्न) आदेश दिन्थेँ,’

चैत १५ गते तीनकुने क्षेत्रमा गाडी हाँक्दै आएका प्रसाईंले प्रहरीको तीन लहरमाथि गाडी हुत्याउँदै निषेधितबाट अघि बढेका थिए । प्रसाईंले आओ, आ‌ओ भन्दै भिडमा रहेकाहरूलाई निषेधित क्षेत्र तोड्न पनि उकासेका थिए ।

त्यही प्रसंगमा सांसद यादवले आफूलाई उक्त दृश्य हेरेपछि असह्य भएको बताएकी छन्। ‘त्यत्रा सुरक्षाकर्मीलाई पेलेर जान मिल्छ ? कस्तो नैतिकता हो यो ?’, उनले भनिन्, ‘उसले गर्न खोजेको के हो ? ऊ सर्वेसर्वा हो ? उसले जे बोले पनि हुने?, जे गरे पनि हुने ?’

यादवले तीनकुनेमा प्रदर्शनकारीले बन्दुक खोसेपछि मात्रै प्रहरीले गोली चलाएको पनि बताइन् ।

‘प्रहरीकै हतियार खोस्नु अराजकताको पराकाष्ठा हो’, उनले थपिन्, ‘सबै प्रहरीको हतियार खोसेको भए के हुन्थ्यो? यसको गम्भीर छानबिन हुनुपर्छ। जोसुकै दोषी हुन्, कडाभन्दा कडा बारबाही हुनुपर्छ ।’

चैत १५ गते तीनकुनेमा नवराज सुवेदी र प्रसाईं नेतृत्वका प्रदर्शनकारीले उग्र शैली अपनाउँदा दुईजनाले ज्यान गुमाएका थिए । त्यसक्रममा प्रहरीले गोली चलाउँदा २० जना घाइते भएका थिए । तीनकुनेको प्रदर्शन हिंस्रक बनाउने काममा प्रसाईं नै जिम्मेवार रहेको सरकारको निष्कर्ष छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ४६ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख