तीनकुने प्रकरणमा कांग्रेस सांसद यादव- म मन्त्री भए दुर्गा प्रसाईंमाथि गोली हान्न आदेश दिन्थेँ « Khabarhub

तीनकुने प्रकरणमा कांग्रेस सांसद यादव- म मन्त्री भए दुर्गा प्रसाईंमाथि गोली हान्न आदेश दिन्थेँ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसकी सांसद नगिना यादवले चैत १५ गते राजावादीले गरेको आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंबारे विवादित अभिव्यक्ति दिएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको कानुन समितिको बैठकमा बोल्दै सांसद यादवले चैत १५ गते तीनकुनेमा निषेधित क्षेत्र तोड्न नदिन ब्यारिकेट बनाएर प्रहरीमाथि गाडी कुदाउने प्रसाईंलाई त्यतिबेलै सुट गर्नुपर्ने जिकिर गरेकी हुन् ।

‘जसरी स्थानीय प्रशासनबाट तोकिएको निषेधित क्षेत्र प्रसाईंले जबरजस्ती तोडेका छन्’, उनले भनिन्, ‘यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ। तर, यदि म मन्त्री भएको भए प्रसाईंमाथि सुट गर्न (गोली हान्न) आदेश दिन्थेँ,’

चैत १५ गते तीनकुने क्षेत्रमा गाडी हाँक्दै आएका प्रसाईंले प्रहरीको तीन लहरमाथि गाडी हुत्याउँदै निषेधितबाट अघि बढेका थिए । प्रसाईंले आओ, आ‌ओ भन्दै भिडमा रहेकाहरूलाई निषेधित क्षेत्र तोड्न पनि उकासेका थिए ।

त्यही प्रसंगमा सांसद यादवले आफूलाई उक्त दृश्य हेरेपछि असह्य भएको बताएकी छन्। ‘त्यत्रा सुरक्षाकर्मीलाई पेलेर जान मिल्छ ? कस्तो नैतिकता हो यो ?’, उनले भनिन्, ‘उसले गर्न खोजेको के हो ? ऊ सर्वेसर्वा हो ? उसले जे बोले पनि हुने?, जे गरे पनि हुने ?’

यादवले तीनकुनेमा प्रदर्शनकारीले बन्दुक खोसेपछि मात्रै प्रहरीले गोली चलाएको पनि बताइन् ।

‘प्रहरीकै हतियार खोस्नु अराजकताको पराकाष्ठा हो’, उनले थपिन्, ‘सबै प्रहरीको हतियार खोसेको भए के हुन्थ्यो? यसको गम्भीर छानबिन हुनुपर्छ। जोसुकै दोषी हुन्, कडाभन्दा कडा बारबाही हुनुपर्छ ।’

चैत १५ गते तीनकुनेमा नवराज सुवेदी र प्रसाईं नेतृत्वका प्रदर्शनकारीले उग्र शैली अपनाउँदा दुईजनाले ज्यान गुमाएका थिए । त्यसक्रममा प्रहरीले गोली चलाउँदा २० जना घाइते भएका थिए । तीनकुनेको प्रदर्शन हिंस्रक बनाउने काममा प्रसाईं नै जिम्मेवार रहेको सरकारको निष्कर्ष छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ४६ बजे

जन्मदिनको शुभकामना दिँदै ईश्वरले खोजे विष्णुको साथ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र भएको

तीन दिनदेखि गाडीसहित बेपत्ता दीपेन्द्र केसीको शव भेटियो

उदयपुर– तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८

अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह

धनगढी– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि

घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

मुस्ताङ– यहाँको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा