वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ सुरु « Khabarhub

वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ सुरु


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ सुरु हुने भएको छ । 

काभ्रेको बनेपा, मण्डनदेउपुर नगरपालिका, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका  र काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२’ सञ्चालन गर्न लागिएको हो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा र बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रर्बद्धनमा नगरकोट भ्रमण वर्ष २०८२’ सञ्चालन गर्न लागिएको हो । 

नगरकोट भ्रमण वर्ष ‘२०८२’को कार्यक्रमको तयारी सम्पन्न भएको बारे शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ‘नगरकोट इज मोर देन सनराइज’ भन्ने नारासहित सुरु हुन लागेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को औपचारिक उद्घाटन २०८२ साल वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ । 

नगरकोट भ्रमण वर्ष २०८२ ले यस क्षेत्रको पर्यटन, कृषि पर्यटन, सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन् । नगरकोट क्षेत्र तथा यससँग जोडिएका चारै नगरपालिकामा रहेका प्राकृतिक सौन्दर्य, धार्मिक मठमन्दिर, पौराणिक सम्पदा, सांस्कृतिक र ऐतिहासिक स्थलहरूलाई प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखिएको काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुरुषोत्तम बजगाईँले जानकारी दिए । 

यस भ्रमण वर्षमा कम्तीमा १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्ष उद्घाटन अवसरमा ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी, कला चित्रांकन, कला सङ्ग्रहालय स्थापना लगायतका गतिविधिहरू हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ४९ बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक