वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ सुरु « Khabarhub

वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ सुरु


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ सुरु हुने भएको छ । 

काभ्रेको बनेपा, मण्डनदेउपुर नगरपालिका, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका  र काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२’ सञ्चालन गर्न लागिएको हो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा र बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रर्बद्धनमा नगरकोट भ्रमण वर्ष २०८२’ सञ्चालन गर्न लागिएको हो । 

नगरकोट भ्रमण वर्ष ‘२०८२’को कार्यक्रमको तयारी सम्पन्न भएको बारे शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ‘नगरकोट इज मोर देन सनराइज’ भन्ने नारासहित सुरु हुन लागेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को औपचारिक उद्घाटन २०८२ साल वैशाख १ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ । 

नगरकोट भ्रमण वर्ष २०८२ ले यस क्षेत्रको पर्यटन, कृषि पर्यटन, सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन् । नगरकोट क्षेत्र तथा यससँग जोडिएका चारै नगरपालिकामा रहेका प्राकृतिक सौन्दर्य, धार्मिक मठमन्दिर, पौराणिक सम्पदा, सांस्कृतिक र ऐतिहासिक स्थलहरूलाई प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखिएको काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुरुषोत्तम बजगाईँले जानकारी दिए । 

यस भ्रमण वर्षमा कम्तीमा १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भ्रमण वर्ष उद्घाटन अवसरमा ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी, कला चित्रांकन, कला सङ्ग्रहालय स्थापना लगायतका गतिविधिहरू हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ६ : ४९ बजे

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ