चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता « Khabarhub

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन् । गत हप्ता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कसँगै युरोपेली सङ्घ (ईयू) ले आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको छ ।

समाजवादी प्रधानमन्त्री सान्चेज दुई वर्षभन्दा कम समयमा तेस्रो पटक चीन भ्रमणमा आएका हुन् । स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरो (४९ अर्ब १० करोड डलर) को सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान बिक्री गर्छ ।

सान्चेजले सन् २०२४ सेप्टेम्बरमा चीनको आफ्नो अन्तिम भ्रमणमा युरोपेली सङ्घका बाँकी सदस्यहरूसँग सम्बन्ध तोडेका थिए र चिनियाँ विद्युतीय कारहरूमा उच्च भन्सार शुल्क लगाउने योजनामा पुनर्विचार गर्न र ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गरेका थिए ।

ईयूले सरकार समर्थित चिनियाँ कम्पनीहरूबाट हुने अनुचित प्रतिस्पर्धाबाट युरोपेली उत्पादकहरूलाई जोगाउन भन्सार शुल्क आवश्यक रहेको तर्क गरेको थियो ।

उनको चीन भ्रमण भियतनामको भ्रमणपछि भएको हो । भियतनामको राजधानी हनोईमा बुधबार उनी र समकक्षी फाम मिन्ह चिन्हले व्यापक रणनीतिक साझेदारीको स्तरमा पुर्‍याउने उद्देश्यले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : १८ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख