पूर्वराजाका नाममा अराजकता स्वीकार्य छैन, मृत भइसकेको राजतन्त्र फिर्ता हुँदैन : उपाध्यक्ष ज्ञवाली « Khabarhub

पूर्वराजाका नाममा अराजकता स्वीकार्य छैन, मृत भइसकेको राजतन्त्र फिर्ता हुँदैन : उपाध्यक्ष ज्ञवाली


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मसानघाट पुगिसकेको राजतन्त्र फिर्ता हुने सपना नदेख्न आग्रह गरेका छन् ।

कैलालीको धनगढीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अराजकता मच्चाउन खोजेको आरोप पनि लगाएका छन् ।

उपाध्यक्ष ज्ञवालीले नेपालमा मृत्यु भइसकेको राजतन्त्र फिर्ता नहुने जिकिर गरे । उनले नेपालमा राजतन्त्र मृत्यु भएको भन्दै राजा फकाउँछौँ भन्नु र वीरेन्द्र शाहको वंश फकाउँछौँ भन्नु एउटै रहेको टिप्पणी गरे ।

‘राजाकालमा कति बाटा पिच थिए ? अहिले कति छन्? राजाको पालामा के के अधिकार पाउनुभएको थियो, अहिले के छन्, यी कुरा हेर्नुस्, त्यसैले राजा फर्काउनु भनेको पिच भएका बाटा पनि कच्ची नै बनाउनुसरह हो, पाएका अधिकार गुमाउनुसरह हो। यस्ता राजा भन्दै हिँड्ने मण्डलेका पछाडि नलाग्नु, हामीले अगाडि बढ्ने हो पछाडि फर्किने होइन’, उनले भने ।

मरिसकेको इतिहासलाई फर्काउने भन्दा समस्याको माधान खोज्नुपर्ने उनको भनाइ थियो । अहिलेको प्रमुख समस्या राजनीतिक अस्थिरता र अराजकता भएको बताउँदै ज्ञवालीले त्यसैमाथि छलफल गरेर विजयी हासिल गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पाटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पछिल्लो समय बढेको अराजकता चिर्नु अहिलेको आवश्यकता रहेको बताए ।

विभिन्न क्षेत्रबाट व्यवस्थामाथि आक्रमण भइरहेको भन्दै त्यसविरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ थियो । विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको सचिव भट्टको भनाइ थियो ।

‘एमालेमाथि प्रहार हुनु देश र जनतामाथि प्रहार हुनु हो ,’ उनले भने ‘ यसको प्रतिरोध गर्न जरुरी छ ।’

कार्यक्रमलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य शान्ता चौधरी, नारदमुनि राना, निरु पाल, केन्द्रीय सदस्य एवम् मन्त्री दामोदर भण्डारी लगायतले सम्बोधन गरे ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : २७ बजे

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ