गगनले भने- शक्तिशाली आयोग बनाएर पूर्वराजासहति ०४६ पछि सत्तामा बसेकाको सम्पत्ति छानबिन गरौँ « Khabarhub

गगनले भने- शक्तिशाली आयोग बनाएर पूर्वराजासहति ०४६ पछि सत्तामा बसेकाको सम्पत्ति छानबिन गरौँ


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

भोजपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शक्तिशाली आयोग बनाएर २०४६ सालदेखि सत्तामा बसेका नेता र पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस भोजपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्तामा बसेका सबैको तीनपुस्ते सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग चाहिने बताएका हुन् ।

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाउँदै बार्गेनिङको माध्यम मात्रै बनाएको बताए ।

‘अख्तियारले अनुसन्धानको विषय छापामा ल्याउने गरेको छ । त्यसपछि वर्षौँसम्म ‘तँलाई थुन्दिऊँ’ भनेर नै बिताउने गरेको छ,’ उनले भने, ‘अब एउटा शक्तिशाली आयोग बनाऊँ। शक्तिशाली आयोगलाई ०४६ पछि सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने अधिकार दिऊँ ।’

थापाले ०४६ पछाडि कांग्रेस, एमाले, माओवादी र नयाँ भनिएका दल पनि सत्तामा पुगिसेको बताए । सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्दा कांग्रेसका जो–जो परे पनि स्वीकार रहेको बताए । उनले त्यसको भारी पार्टीले नभई सम्बन्धित व्यक्त्तिले बोक्ने बताए ।

‘कांग्रेसका कति मान्छे पर्छन् परून् । त्यसको भारी किन बोक्ने हामी, जोसुकै परून्’, उनले भने, ‘जोसुकै नेता परे परून तर छानबिन गरौँ ।’

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै