पोखरामा भण्डारीको कोटिहोमबारे भिडियो बनाएको भन्दै पत्रकार ढुंगानालाई धम्की « Khabarhub

पोखरामा भण्डारीको कोटिहोमबारे भिडियो बनाएको भन्दै पत्रकार ढुंगानालाई धम्की


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्मका नाममा पटक पटक विवादमा पर्दै आएका विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिको संस्थाले पोखरामा महायज्ञ तयारी गर्दै गर्दा उनका समर्थक धाक धम्कीमा उत्रिन थालेका छन् ।

पशुपति परिरमा कोटिहोम गरेर कयौँ विवादमा फसेका उनले पोखरामा पनि त्यस्तै विवाद झेलिरहेका छन् ।

ठगी आरोपी विजय भण्डारी उर्फ विजय कृष्णमुर्तीको संस्थाले पोखरामा कोटीहोमको तयारीका क्रममा गरेको होमबाट सल्किएको आगोबारे समाचार लेख्दा पत्रकार सुमन ढुंगानालाई धम्की दिइएको हो ।

मानवसेवा फाउन्डेशन नाम संस्थाको हवला दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यमेत रहेका ढुंगानाल धम्की दिइएको हो ।

बुधबार ‘कोटिहोमका नाममा धन्न ठूलो आगलागी हुनबाट जोगियो पोखरा’ शीर्षकमा सार्वजनिक गरेको भिडियोलाई लिएर ढुंगानालाई धम्की आएको हो ।

‘उक्त भिडियो सार्वजनिक किन गरिस् भन्दै मलाई जेसुकै हुने धम्की दिएका छन्’, उनले भने, ‘९७४५३००८६० नम्बरको मोबाइलबाट एक व्यक्तिले न्युज २४ मा हाम्रो पनि ठूलो चिनजान छ भन्दै जे पनि गर्न सक्ने भन्दै धम्की दिए।’

उनले आफूलाई धम्की दिने व्यक्तिविरुद्ध कानुनी उपचारमा जाने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु