युवा संघको साहित्य सम्मेलन- कविता र गजलका विजेता घोषित, अन्य विधामा पनि नगदर पुरस्कार प्रदान « Khabarhub

युवा संघको साहित्य सम्मेलन- कविता र गजलका विजेता घोषित, अन्य विधामा पनि नगदर पुरस्कार प्रदान


२८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत कविता र गजलको ग्रान्ड फिनाले शुक्रबार भएको छ।

सम्मेलनमा कवितातर्फ जीवन आरोही राईले प्रथम हुँदै ५० हजार रुपैयाँ जितेका छन् । प्रतियोगितामा रविना कँडेल दोस्रो र सन्तोष पौडेल तेस्रो भए । उनीहरूले ३० हजार र २० हजार रुपैयाँ जितेका छन् ।

गजल प्रतियोगितातर्फ प्रथम भएर दैलेखका दिपिन सिजापतीले ५० हजार रुपैयाँ जिते । दोस्रो भएका अंकित आचार्यले ३० हजार र तेस्रो भएका खिमानन्द जोशीले २० हजार रुपैयाँ जिते ।

गजलको ग्रान्ड फिनालेका निर्णायक बाबु त्रिपाठी, संगीता थापा र प्रज्ज्वल अधिकारी थिए । कवितातर्फ निर्णायकमा ज्योति जंगल, गीता त्रिपाठी र ललिजन रावल थिए ।

साहित्य सम्मेलनअन्तर्गत विभिन्न विधामा उत्कृष्ट युवा शुक्रबार नै पुरस्कृत भए । ४० वर्षमुनिका युवारुलाई लक्षित गरेर आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भइन् । काभ्रेकी उनले १ लाख रुपैयाँ जितिन् ।

दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो हुँदै ५० हजार र ३० हजार रुपैयाँ जिते । निबन्धतर्फ मनोज बुढा प्रथम भए । उनले ५० हजार रुपैयाँ जिते ।

यस्तै दोस्रो भएकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो हुँदै २० हजार रुपैयाँ जितिन् । कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा. प्रकाश महतलाई सम्मान गरियो ।र

युवा संघका शिक्षा विभागका प्रमुख तथा लोकसेवाका आईक्यू गुरु कुवेर अधिकारीले सम्मेलनमा देशभरका एक हजार २०० भन्दा धेरै युवाले हभागिता जनाएका बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ८ : ३१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको