युवा संघको साहित्य सम्मेलन- कविता र गजलका विजेता घोषित, अन्य विधामा पनि नगदर पुरस्कार प्रदान « Khabarhub

युवा संघको साहित्य सम्मेलन- कविता र गजलका विजेता घोषित, अन्य विधामा पनि नगदर पुरस्कार प्रदान


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत कविता र गजलको ग्रान्ड फिनाले शुक्रबार भएको छ।

सम्मेलनमा कवितातर्फ जीवन आरोही राईले प्रथम हुँदै ५० हजार रुपैयाँ जितेका छन् । प्रतियोगितामा रविना कँडेल दोस्रो र सन्तोष पौडेल तेस्रो भए । उनीहरूले ३० हजार र २० हजार रुपैयाँ जितेका छन् ।

गजल प्रतियोगितातर्फ प्रथम भएर दैलेखका दिपिन सिजापतीले ५० हजार रुपैयाँ जिते । दोस्रो भएका अंकित आचार्यले ३० हजार र तेस्रो भएका खिमानन्द जोशीले २० हजार रुपैयाँ जिते ।

गजलको ग्रान्ड फिनालेका निर्णायक बाबु त्रिपाठी, संगीता थापा र प्रज्ज्वल अधिकारी थिए । कवितातर्फ निर्णायकमा ज्योति जंगल, गीता त्रिपाठी र ललिजन रावल थिए ।

साहित्य सम्मेलनअन्तर्गत विभिन्न विधामा उत्कृष्ट युवा शुक्रबार नै पुरस्कृत भए । ४० वर्षमुनिका युवारुलाई लक्षित गरेर आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भइन् । काभ्रेकी उनले १ लाख रुपैयाँ जितिन् ।

दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो हुँदै ५० हजार र ३० हजार रुपैयाँ जिते । निबन्धतर्फ मनोज बुढा प्रथम भए । उनले ५० हजार रुपैयाँ जिते ।

यस्तै दोस्रो भएकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो हुँदै २० हजार रुपैयाँ जितिन् । कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा. प्रकाश महतलाई सम्मान गरियो ।र

युवा संघका शिक्षा विभागका प्रमुख तथा लोकसेवाका आईक्यू गुरु कुवेर अधिकारीले सम्मेलनमा देशभरका एक हजार २०० भन्दा धेरै युवाले हभागिता जनाएका बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : ३१ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा