आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि। नृसिंह जयन्ती। तदनुसार सन् २०२५ मे ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

वृष : तपाईंमाथि आज राज्यको निगरानी रहनेछ। स्वास्थ्यमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। काम गर्दा धैर्य बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको महत्त्वपूर्ण निकायमा महत्त्वपूर्ण जिम्मेवारीको सम्भावना छ। परिवारमा संकट आइपर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्ने छन्। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल भने प्राप्त हुनेछ।

सिंह : बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। साना कुराले झन्झट आइपर्नेछन्। रोगको प्रकोप बढ्नेछ। आफन्तको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

कन्या : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। परिवारमा तीर्थ यात्राको तय हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा भने विवाद र झगडा बढ्नेछ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ, सहयोग र सुझाव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : अनावश्यक खर्च बढ्ने दिन छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा भने लाभ हुनेछ। विपक्षी भनेका साथीहरुले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ।

धनु : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। इज्जत जोगाउने कुरामा संकट आइपर्ने खतरा छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुनेछ। विदेशमा भन्दा स्वदेशमा रोजगारीको अवसर देखेर उत्साह बढ्नेछ।

मकर : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यका तर्फबाट त्रास बढ्नेछ। शान्त भएर अगाडि बढ्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा समस्या हुने खतरा छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। परिवारमा बोझ बढ्नेछ। मनमा अनावश्यक चिन्ता बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ।

मीन : मध्य साढेसातीका दशाले मनमा चिन्ता थपिनेछन्। स्वास्थ्यमा ख्याल नगर्दा संकट बढ्नेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : ०२ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते