आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर « Khabarhub

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ३० पैसा र बिक्री दर १३६ रुपियाँ ९० पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १५३ रुपियाँ ३९ पैसा र बिक्रीदर १५४ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ ९७ पैसा र बिक्रीदर १८१ रुपियाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ०९ पैसा र बिक्रीदर १६४ रुपियाँ ८१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ २७ पैसा र बिक्रीदर ८७ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ९४ पैसा र बिक्रीदर ९८ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ०५ पैसा र बिक्रीदर १०५ रुपियाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८२ पैसा र बिक्रीदर १८ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३६ रुपियाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा तोकेको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ७२ पैसा र बिक्रीदर ३१ रुपियाँ ८६ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०५ पैसा र बिक्रीदर १४ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५६ पैसा र बिक्रीदर २० रुपियाँ ६५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५२ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपियाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपियाँ ६१ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : ३६ बजे

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ– सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न