रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान « Khabarhub

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि आह्वान गरेका छन्। उनले १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुनेसमेत बताएका छन्।

‘हामी गम्भीर वार्ता गर्न चाहन्छौँ। अहिलेको द्वन्द्वको जरो पहिचान गरेर स्थायी शान्तिको बाटोमा जान चाहन्छौँ,’ शनिबार टेलिभिजन सम्बोधनमा पुटिनले भने।

बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो। यसपछि मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै यो सोचनीय विषय भए पनि अनावश्यक दबाब उपयुक्त नहुने चेतावनी दिएको थियो।

पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताए। उनले स्थायी समाधान निकाल्नका लागि टर्कीको इस्तानबुलमा वार्ता उपयुक्त हुने बताएका छन्। पुटिनले यसको बारे आइतबार टर्कीका राष्ट्रपति रेकेब तैयाब अर्डोगानसँग पनि सल्लाह गर्ने छन्। यो विषयमा युक्रेनको भने प्रतिक्रिया आइसकेको छैन।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : ३१ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित