आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने | Khabarhub Khabarhub

आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन्। साथै उनले आप्रवासी निष्कासन सहज बनाउन थप केही नीति बनाएका छन्। कागजात नभएका आप्रवासी आफैले अमेरिका छाड्न चाहे फर्कने व्यवस्था पनि अमेरिकाले मिलाइदिने उनको निर्देशनमा उल्लेख छ। उनीहरूलाई बोनस रकम समेत दिइने छ।

यसरी थपिने कर्मचारीको पुरै विवरण सार्वजनिक भइसकेको छैन। अहिले इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) अन्तरगत २१ हजार कर्मचारी छन्। समाचार संस्था अनुसार आइसिईमा अहिले नै ६१ सय अधिकृत तथा ७५० असिस्टेन्ट छन्।

उनले सीमामा कडा सुरक्षा अपनाउन सबैलाई आह्वान गरेका छन्। अमेरिकामा सेल्फ डिपोर्ट हुन चाहनेले नयाँ एपमार्फन सम्पर्क गर्न सक्ने छन्। गत साता नै यसरी आफै फर्कने इच्छा देखाएमा एक हजार अमेरिकी डलर बोनस दिइने घोषणा गरिएको हो।

यस बाहेक आप्रवासी फिर्ता गर्ने धेरै योजना अघि आए पनि ती योजनामा कानुनी व्यवधान पनि आएका थिए। यसै साता जिल्ला न्यायाधीश फर्नान्डो रोड्रिगुयजले यो अभियान बेकामको भएको बताए। न्यु योर्कका अर्का एक न्यायाधीशले पनि त्यसलाई निरन्तरता दिएका थिए।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ०५ बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट