बागलुङका सडक कालोपत्र गरिँदै « Khabarhub

बागलुङका सडक कालोपत्र गरिँदै


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो । ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो ।

नगरका तीन सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ । ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको इन्जिनियर मनोज शर्माले जानकारी दिए ।

उनका अनुसार तीन सडकको एकमुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत रहेको छ । तेस्रो खण्डमा दुई किमी मात्र सडक स्तरोन्नतिको काम बाँकी छ । पहिलो खण्डको सडक कालोपत्र थालिएको छ ।

विश्व बैंकको अनुदानमा उक्त सडकको दुई खण्ड धमाधम स्तरोन्नतिको काम भइरहेको छ । एउटा खण्डमा कालोपत्र सुरु भएको छ । सडक १० महिनामै कालोपत्र हुनु सुखद् रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

यस्तै बागलुङ नगरपालिका–७ मुलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर सडक तथा वडा नम्बर ४ ओडार चौरबाट ढोडेनीसम्म २.२ किलोमिटर सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

बागलुङ–१ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक कालोपत्र सुरु भएको हो । तीनवटै सडक कालोपत्र गरिए स्थानीयलाई आवतजावतमा सहज हुने छ ।

उक्त सडकको गणेशथानबाट निरयघाटसम्मको सडक फुटपाथसहित बनाइएको छ । बागलुङ नगरपालिकाको उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो ।

स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठमा एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो । २०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ३३ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा