बागलुङका सडक कालोपत्र गरिँदै « Khabarhub

बागलुङका सडक कालोपत्र गरिँदै


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो । ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो ।

नगरका तीन सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ । ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको इन्जिनियर मनोज शर्माले जानकारी दिए ।

उनका अनुसार तीन सडकको एकमुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत रहेको छ । तेस्रो खण्डमा दुई किमी मात्र सडक स्तरोन्नतिको काम बाँकी छ । पहिलो खण्डको सडक कालोपत्र थालिएको छ ।

विश्व बैंकको अनुदानमा उक्त सडकको दुई खण्ड धमाधम स्तरोन्नतिको काम भइरहेको छ । एउटा खण्डमा कालोपत्र सुरु भएको छ । सडक १० महिनामै कालोपत्र हुनु सुखद् रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

यस्तै बागलुङ नगरपालिका–७ मुलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर सडक तथा वडा नम्बर ४ ओडार चौरबाट ढोडेनीसम्म २.२ किलोमिटर सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

बागलुङ–१ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक कालोपत्र सुरु भएको हो । तीनवटै सडक कालोपत्र गरिए स्थानीयलाई आवतजावतमा सहज हुने छ ।

उक्त सडकको गणेशथानबाट निरयघाटसम्मको सडक फुटपाथसहित बनाइएको छ । बागलुङ नगरपालिकाको उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो ।

स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठमा एक वर्षमा सम्पन्न गर्नेगरी ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो । २०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ३३ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको