शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड « Khabarhub

शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले तयार गरेको ‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना, २०७६’ कार्यान्वयनका निम्ति तीनै तहका सरकारले समन्वय र सहकार्य गर्ने घोषण गरेका छन् ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन तथा समग्र रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्नेमा समेत जोड दिइएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहयोग, तानसेन नगरपालिका पाल्पाको मुख्य आयोजना, रुरुक्षेत्र गाउँपालिका गुल्मी तथा कालीगण्डकी गाउँपालिका स्याङ्जा र हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा आयोजना गरिएको प्रथम शालग्राम महोत्सवले रुरुक्षेत्रबाट पाल्पाको रामपुरसम्मको कालीगण्डकी नदी प्रवाहस्थललाई उत्तर बाहिनी गण्डकी क्षेत्रका रूपमा पहिचान गरी धार्मिक पर्यटनको विकास गर्न जोड दिएको छ ।

कालीगण्डकी नदी र शालग्रामको धार्मिक महिमा र महत्वलाई प्रवर्द्धन गर्न दामोदर कुण्डबाट त्रिवेणीसम्मको धार्मिक परिक्रमा मार्ग साथै आदिप्रयाग हरिहर क्षेत्र (देवघाट)मा स्नान गरी हृषिकेश भगवानको दर्शन गरी ऋणमुक्त पश्चात् मुक्तिनाथको दर्शन गरी मुक्ति प्राप्त हुने धार्मिक मान्यताको पुनर्जागरण गर्ने कुरामा महोत्सवले जोड दिएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको हृषिकेश मन्दिर र त्यसवरपरका क्षेत्रलाई विश्सम्पदा सूचीमा समावेश गर्न सम्बन्धित पक्षसँग परामर्श र समन्वय गर्ने, धार्मिक तथा सांस्कृतिक, पौराणिक, ऐतिहासिक रूपमा बृहत्तर रुरुक्षेत्रको विकासका लागि पाल्पा, गुल्मी र स्याङ्जाका स्थानीय तह तथा गण्डकी र लुम्बिनी प्रदेशले पर्यटकीय साझा गन्तव्यस्थलका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

यस्तै महोत्वसवले समग्र रुरुक्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि निजी क्षेत्र, सङ्घसंस्था, गैरअवासीय नेपाली समुदाय, परोपकारी व्यक्तिहरूको साथ र सहयोग प्राप्तिका लागि अनुरोध गर्ने पनि घोषणा गरिएको छ ।

नेपालका चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम हृषिकेश मन्दिर परिसरमा शालग्राम दिवसका अवसरमा वैशाख २६ र २७ गते महोत्वसव आयोजना गरिएको हो ।

यस क्षेत्रमा जसले स्नान गरी तीन दिन यहाँ रही चतुरबाहु हृषिकेशको दर्शन गर्छन् त्यो व्यक्ति पवित्र हुने धार्मिक विश्वास रहिआएकाले यस स्थानमा माघे सङ्क्रान्तिमा तीन दिन मेला लाग्ने गर्छ ।

मेलाको पहिलो, दोस्रो र तेस्रो दिनलाई जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भनिन्छ । जो व्यक्ति हिमालयदेखि बग्दै आएको शालग्राम स्नान गरेकी गण्डकी माताको जलले रुरु क्षेत्रमा स्नान गरी हृषिकेशको दर्शन गर्छ, सो व्यक्तिको पाप पखालिन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ ।

यस हृषिकेश परिसरलाई सन् २००८ मा युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : ४७ बजे

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक

नदीकिनारका बस्ती हटाउने घटनाबारे संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं – काठमाडौंमा भइरहेको घरटहरा हटाउने घटनामाथि संयुक्त राष्ट्रसंघका मानवअधिकार

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा