प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल « Khabarhub

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ताबाट बाहिर बस्नुपर्दा छटपटी र पीडा बढेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अहिले प्रचण्डका हरेक बोलीमा तथ्य नभइ कुण्ठामात्रै रहेको टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष दाहालले सरकारबारे गरेको टिप्पणी र सरकार डरले रुझेको बिरालो जस्तै बनेको भन्ने अभिव्यक्तिको जवाफ स्वरुप महासचिव पोखरेलले सरकारका उपलब्धि प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने कुरा एउटा पनि नगरेको बताएका थिए। ‘यो सरकारको रुझेको बिरालोको हालत भएको छ,’ उनले भनेका थिए, ‘सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ।’

महासचिव पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको भन्दा अहिले राजश्वमा उल्लेख वृद्धि भएको जनाएका छन् ।

उनले विदेशी मुद्राको सञ्चिती बढेको, शोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको बताएका छन् ।

यस्तै, निर्माण व्यवसायीलाई काम वापतको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठूला आयोजनाहरूको काममा तिव्रता आएको लगायत १२ बुँदे उपलब्धि उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ३५ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको