आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो | Khabarhub Khabarhub

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन् । विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेका हुन् । सुदूरपश्चिममा हालसम्म ४१ रेडियो स्टेशन बन्द भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा दर्ता भएका एक सय २० एफएम रेडियो स्टेशनमध्ये ४१ बन्द भएका जानकारी दिँदै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले आर्थिक अभावमा २५ प्रतिशत रेडियोले कर्मचारी एवं पत्रकारलाई तलब दिननसक्ने परिस्थिति सिर्जना भएको बताए

“विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले समानुपातिक रुपमा विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन”, उनले भने, “अब व्यावसायिक तथा सामुदायिक रेडियोको दिगो आर्थिक व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ । ”

“स्थानीयस्तरमा व्यापार व्यवसाय सङ्कटमा छन्, सरकारी निकायबाट खासै सहयोग छैन , विज्ञापन आउन छोडिसक्यो”, रेडियो सेभेन स्टार बैतडीका सञ्चालक अमर भट्टराईले भने ।

रेडियो टिकापुर कैलालिका प्रमुख एकेन्द्र तिमल्सेनाले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार पनि नफस्टाउँदै आम्दानी दिगो स्रोत नहुँदा आफूहरूले सङ्कटको सामना गर्नुपरेको गुनासो गरे ।

रेडियोकर्मी शिव ओलीले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनका लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दर निर्धारण गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : ०३ बजे

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

काठमाडौं– नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)

जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौं– पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका