‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी « Khabarhub

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

१०/१५ दिनमै काठमाडौंबाट गाडी चढेपछि सीधै कर्णाली !


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा कर्णाली विकासबारे ‘कुश्मामा रेल’ शैलीको जवाफ दिएका छन्‌ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसद्‌हरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले अबको १०/१५ दिनभित्रै काठमाडौंबाट गाडी चढेर हुम्लाको सीमकोट पुग्न सकिने दाबी गरेका हुन्‌ ।

‘कर्णालीको विकासको कुरा माननीयज्यूले उठाउनुभयो । भर्खर भर्खरै यसैपल्ट यसै संसद्‌मा आउनुभएको हुनाले अलिक चर्कै कुरा गर्नुपर्ने हो कि जस्तो पनि लाग्छ । कर्णालीको विकास सजिलो त छैन, तर अब हुम्लाको सदरमुकाममा पनि गाडी पुग्दैछ’, ओलीले भने, ‘अब १५/२० दिन जसोमा त्यहाँ बेलिब्रिज पनि खोलामा हालिँदैछ र अब यहाँबाट गाडी चढेपछि त्यो गाडी कर्णालीसम्म पुग्छ, सीमकोटसम्म पुग्छ ।’

कर्णालीको सबैभन्दा पल्लो छेउको सीमकोट मानिने र त्यसलाई नेपाल-चीन सीमा नाका हिल्सातर्फबाट पनि सडक सञ्‍जालमा जोड्ने प्रयास भइरहेको ओलीले बताए ।

‘त्यसलाई उताबाट जोड्ने काम पनि हुँदैछ…हिल्सा नाकाबाट । अर्थात्‌ यहाँदेखि हिल्सासम्म । डोल्पा विकास भइरहेको छ । अखबारहरूमा हेरिरहनुभएको होला – डोल्पामा पुल बनाउन ६ महिना अघिदेखि सरकारले कोसिस गरिरहेको छ, त्यहाँ ठाउँका लागि लिएर विवाद भइरहेको छ । त्यसले गर्दा पुल बन्न सकिरहेको छैन ।’

ओलीले अगाडी भने, ‘भेरी कोरिडोर बनेको छ, कर्णालीमा विद्युतीकरण भएको छ, खानेपानीका आयोजनाहरू पुगेका छन्‌, विद्यालय व्यापक रूपमा बनेका छन्‌, विद्यार्थीहरू उत्साहका साथ पढ्ने वातावरण बनेको छ…।’

‘कुश्मामा रेल’को झल्को

यसअघि रेल पूर्वाधार विकासबारे दिएको चुनावी गफ धेरैले बिर्सेका छैनन् ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनको चुनावी र्‍याली होस्‌ या त्यसपछि दुई कम्युनिष्ट पार्टी एक हुँदा गठन गर्न सकेको शक्तिशाली सरकार हाँक्दा होस्‌ – प्रधानमन्त्री ओलीले घरघरमा ग्यास, पानीजहाज र रेलको आश्वासन बाँडेका थिए ।

ओली आफूले बाँडेका आश्वासन केही महिना र वर्षभित्रै पूरा हुने दाबी पनि गर्थे ।

२०७४ को चुनावमा भोट माग्न पर्वतको कुश्मा नगरपालिका-६, बान्द्रेबिडी पुगेका ओलीले त्यतिखेर गरेको भाषण अहिलेसम्म भाइरल छ ।

कुश्माबासीलाई रेल सपना बाँड्दै ओलीले भनेका थिए, ‘उत्तर–दक्षिण रेल ! केरुङ–काठमाडौं ! काठमाडौं–पोखरा रेल ! पोखरा रेल आएपछि बेनीसम्म रेलका लागि मैले केही भन्नुपर्दैन जस्तो लाग्छ । पोखरा रेल आएपछि बेनी जाँदैन त! बेनी कहाँबाट जानुपर्छ, कुश्मा आउनुपर्दैन । कुश्मा त स्टेसन नै हुन्छ । केही वर्षको कुरा हो यो ।’

तर, रेल त परको कुरा ! सरकारले मुग्लिङ-पोखरा सडक विस्तारको काम वर्षौंसम्म नसक्दा अहिले पनि यात्रुहरू घण्टौँ लगाएर सास्तीयुक्त यात्रा गर्न बाध्य छन्‌ ।

पोखराबाट पर्वत, बाग्लुङ, म्याग्दी हुँदै मुस्ताङसम्म पुग्ने सडकलाई समेत सरकारले सुरक्षित र भरपर्दो बनाउन सकेको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : २० बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने