९ महिनाअघि १०० मा पाइने सामानको भाउ बढेर १०३ रुपैयाँ ३९ पैसा पुग्यो « Khabarhub

९ महिनाअघि १०० मा पाइने सामानको भाउ बढेर १०३ रुपैयाँ ३९ पैसा पुग्यो


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अर्थात चैत मसान्तसम्मको अवधिमा सामानको भाउ १ सय रुपैयाँमा थप ३ रुपैयाँ ३९ पैसाले बढेको छ । ९ महिना अघिसम्म १०० रुपैयाँमा पाइने सामानको मूल्य ९ महिनापछि अब भने १ सय ३ रुपैयाँ ३९ पैसा पुगेको छ ।

नेपाल राष्ट्र बैंककले सर्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा समानमा ३ दशमलब ३९ प्रतिशतको मूल्यवृद्धि देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.६१ प्रतिशत रहेको थियो ।

९ मिहनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत रहेको थियो । चैत महिनासम्ममा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तिजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२५ प्रतिशतले बढेको बैंकल जनाएको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेश प्रदेशको ३।५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २।८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : ३५ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु