जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई « Khabarhub

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् । सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो भएको आयोजकले जनाएको छ ।

कुल ५१ किलोमिटर लामो दूरी कुँवरले पाँच घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गरे । दोस्रो भएका त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले उक्त दूरी छ घण्टा सात मिनेट ५५ सेकेन्डमा र तेस्रो भएका सोमबहादुर रावतले छ घण्टा १० मिनेट चार सेकेन्डमा दौड पूरा गरेको कर्णाली स्पोर्टस क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

महिलातर्फ सात घण्टा ५१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी कल्पना बुढा विजयी भइन् । दोस्रो भएकी राज्यलक्ष्मी रावलले आठ घण्टा ४८ मिनेट ४१ सेकेन्ड र तेस्रो भएकी सन्दिभा बुढाले आठ घण्टा ४६ मिनेट दुई सेकेन्डमा दौड पूरा गरे ।

अल्ट्रा म्याराथनका पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले रु एक लाख, प्रमाणपत्र र पदक प्राप्त गरे । दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार र रु ५० हजार, प्रमाणपत्र र पदक प्राप्त गरेको क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।

म्याराथनतर्फ १० किलोमिटरको दौडमा पुरुषतर्फ हरि बोहोरा पहिलो, दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए । दश किलोमिटरको दौडमा महिलातर्फ सङ्गीता बुढा पहिलो, सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो भए ।

पाँच किलोमिटरको दौडमा पुरुषतर्फ पदमराज धिताल पहिलो, नवीन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो भएको क्लबले जनाएको छ । यस वर्षको दौडमा स्वदेशी तथा विदेशी गरी ५९१ जना धावक सहभागी भएका थिए । साहसिक खेल पर्यटनको विकासका लागि प्रत्येक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथनको प्रतियोगिता हुँदै आएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ०० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी