नियमित यौन सम्पर्क राख्नुहोस्, हुन्छन् यति धेरै फाइदा « Khabarhub

नियमित यौन सम्पर्क राख्नुहोस्, हुन्छन् यति धेरै फाइदा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नियमित यौन सम्बन्धले फाइदा वा बेफाइदा के होला ? एक अध्ययन भन्छ, यसका धेरै फाइदाहरू छन् । यौन सम्पर्कले दम्पतीमा सुमधुर सम्बन्ध स्थापित गर्दछ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभइ भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँदछ । त्यस्तै नियमित यौन सम्पर्कले शरीरलाई यस्ता फाइदा हुन्छन्-

मुटु स्वस्थ हुन्छ

मुटुको धड्कन बढाउनलाई दौडिनै पर्छ भन्ने छैन। युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले यौन सम्पर्क राख्दा पनि भर्‍याङ  उक्लिँदा जत्तिकै मुटुको धड्कन बढ्ने पत्ता लगाएको छ।

तनाव कम हुन्छ

हस्तमैथुन लगायत यौन सम्पर्कले तनावबाट मुक्ति दिन्छ। सन् २००६ मा बायोलोजिकल साइकोलोजीमा प्रकाशित लेख अनुसार पेनिट्रेटिभ वा नन पेनिट्रेटिभ सेक्स वा हस्तमैथुन गर्नेहरू तनावको व्यवस्थापन राम्ररी गर्न सक्छन्।

 स्वास्थ्य वृद्धि हुन्छ

सन् २००७ मा ५७ देखि ८५ वर्षका तीन हजार अमेरिकी सहभागी अध्ययनमा सक्रिय यौन जीवन भएका व्यक्ति जीवनको उत्तरार्द्धमा बढी स्वस्थ हुने देखिएको छ। बढी स्वस्थ भएकाले उनीहरूको यौन जीवन पनि बढी स्वस्थ भएका हुन सक्छन् तर अन्य अध्ययनहरूले यौन गतिविधि र स्वास्थ्यबिच सम्बन्ध भएको देखाएका छन्।

स्मार्ट बनाउँछ

कोभेन्ट्री विश्वविद्यालयले गरेको अनुसन्धानमा यौन जीवन सक्रिय भएका ५० देखि ८९ वर्षका व्यक्तिले निष्क्रियभन्दा संज्ञानात्मक परीक्षणमा राम्रो प्रदर्शन गरेका थिए। विशेष गरी पुरुषलाई बढी फाइदा पुग्ने देखिएको छ। सङ्ख्या अनुक्रम र स्मरण शक्तिसम्बन्धी परीक्षणमा उनीहरूले राम्रो प्रदर्शन गरेका थिए।

रोगबाट सुरक्षा दिन सक्छ

सेक्सले इम्युनोग्लोबुलिन ए नामक एन्टिबडी उत्पादन गर्छ भन्ने प्रमाण सीमित छ। सन् २००४ मा साइकोलोजी रिपोर्टमा प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा सातामा एक वा दुई पटक यौन सम्पर्क राख्ने व्यक्तिमा इम्युनोग्लोबुलिन ’ए’को मात्रा ३० प्रतिशत बढी भएको पत्ता लागेको छ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ०५ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै