आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ शुक्ल पक्षको पूर्णिमा तिथि।  गैडु पूजा , ज्यापुन्हि र पनौती स्नान आजै परेका छन्। तदनुसार सन् २०२५ जुन ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। यात्रामा खर्च बढ्ने छ। उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा भाग्यको उदय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्ने छ। आम्दानी बढ्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घुमघामको अवसर मिल्नेछ। लुगाको नयाँ ब्रान्डमा आकर्षण बढ्नेछ।

मिथुन : तपाईंको वाणीमा सरस्वतीको बास भएकाले बोलीको प्रभाव रहने छ। धन खर्च गरेर भए पनि इज्जत जोगाउनु पर्ने दिन छ। स्वदेशमा भन्दा विदेशमा गरेको व्यापारबाट फाइदा हुने योग छ।

कर्कट : शिक्षामा प्रगति हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। तपाईंको बोलीकै कारण आफन्त टाढिने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा मन जानेछ।

सिंह : दिन सामान्य छ। परिवार भित्रबाट तपाईं विरोध हुनेछ। साथीको साथले संकट टर्नेछ। मनमा चिन्ता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्ने छ।

कन्या : दिन राम्रो छ। दैनिकी सहज बन्ने छ। आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्न हिम्मत गर्दा फाइदा हुने छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त होला।

तुला : आज तपाईंको प्रतिभा प्रस्तुत गर्ने दिन छ। शिक्षा क्षेत्रमा उपलब्धि हात लाग्नेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ विचारको विकास हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। मन प्रशन्न रहने छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यका तर्फबाट निगरानी भइरहेकाले काम गर्दा सचेत बन्नु पर्ने दिन छ। परिवारसँगको सम्बन्धबाट भने लाभ हुनेछ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रगति हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने समय छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने भएकाले कर्तव्य पूरा गर्नु उचित हुनेछ।

मकर : अरुको टकराबले तपाईंलाई फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीको समेत साथ मिल्नेछ। राजनीतिमा तपाईंको विचारको सम्मान हुनेछ।

कुम्भ : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। मनमा सन्तुष्टि मिल्नेछ। नियमित कामबाट मन खुशी हुनेछ। मध्य साढेसातीको कारणले खर्च बढे पनि इज्जत बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको विचारको सम्मान हुने दिन छ। साथीको साथले राजनीतिमा प्रगति हुनेछ। शनिदेवका कारण शिर सम्बन्धी दुखाइ बढ्ने जोखिम छ। 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ४ : ५८ बजे

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री