विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११ पुगेको छ। १० जनाको घटनास्थलमा ज्यान गएको थियो भने एक जनाको अस्पतालमा मृत्यु भएको हो। सो आक्रमण गर्ने विद्यालयमा पूर्व विद्यार्थी २१ वर्षीय युवाले केही समय पछि शौचालयमा गएर ज्यान लिएका थिए।

घटना उनले ६ महिला र तीन पुरुषको ज्यान लिएका थिए। आन्तरिक मामल मन्त्री गेरहार्ड करनारका अनुसार १२ जना गम्भीर घाइते भएका थिए। यसरी घाइते मध्यकै एक जना महिलाको अस्पतालमा ज्यान गएको हो।

ड्रयरस्कुज जेनगेसेस नामको सो विद्यालयका पूर्व विद्यार्थी आक्रमणकारीले पढाइ भने पुरा गरेका थिएनन्। हत्याको उद्देश्य अझ यकिन भएको छैन। प्रहरीको अपराध अनुसन्धानकै लागि सो चासोको विषय बनेको छ।

यस घटनाअघि अपराधीको कुनै आपराधिक घटनामा संलग्नता थिएन। उनले घटनामा प्रयोग गरेका दुवै बन्दुक प्रक्रिया पुरा गरेर अनुमति लिएका बन्दुक थिए। अस्ट्रियामा ३ दिन शोक मनाइने भएको छ भने देशको झन्डा आधा झुकाइने भएको छ।

घटना भएको विद्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने छ। अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले मङ्गलबारको दिनलाई देशको कालो दिनको रूपमा चित्रण गरेका छन्। मारिने मध्य ७ जना स्कुले विद्यार्थी रहेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन्।

घटना भएपछि घाइतेको उपचार भइरहेको अस्पताल बाहिर आम मानिसको भीड लागेको छ। उपचारको क्रममा रगतको आवश्यकता पर्ने भन्दै रक्तदान गर्नका लागि त्यो भीड भएको हो। उपस्थित हुनेहरूले अहिले गम्भीर समय भएकाले समस्यालाई कम गर्न आफूहरू उपस्थित भएको जनाएका छन्।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ५० बजे

बालेनविरुद्ध अख्तियारमा उजुरी, एक करोडको लिफ्ट जोड्दा भ्रष्ट्राचार गरेको आरोप 

काठमाडौं– अखितयार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र

सूर्यविनायक-साँगा सडक सीमाभित्र बनेका संरचना भत्काइँदै (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक साँगा-सडक सीमाभित्र निर्माण भएका स्थायी

ओमानले आइतबार अमेरिका-इरान आणविक वार्ताको आयोजना गर्ने

एजेन्सी– लामो समयदेखि शत्रुहरूबीच बढ्दो तनावका बीच सप्ताहन्तमा संयुक्त राज्य अमेरिका

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा