ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन « Khabarhub

ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको हो। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो। न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको छ। उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मात्र विरोध गरेका छैनन्, न्यूयोर्क बाट आइसिई कार्यालय हट्नु पर्ने कुरा पनि उठाइ रहेका छन्।

सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ। सोही विरोध प्रदर्शनका कारण दिउँसो १ बजेको आसपासमा नै अदालत बन्द भएको छ। १०१ बाटाका लेनहरूलाई प्रदर्शनकारीले ठप्प पारेका छन्। यसरी यातायात रोकिएको यो तीन दिनमा दोस्रो पटक हो।

अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडको विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि यसले क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरलाई रुष्ट बनाएको छ।

मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यस किसिमको घटना भएकोमा आपत्ति जनाएकी हुन्। उनले रात पर्नु अघि नै कर्फ्युको घोषणा पनि हुन सक्ने कुरामा सबैलाई सचेत गराएकी छन्।

प्रदर्शनलाई दमन नगर्नका लागि उनले प्रहरी प्रमुखसँग भेट गरेकी छिन्। गभर्नर गेभिन न्यूसमले त राष्ट्रपति ट्रम्पको विरुद्धमा मुद्दा नै दर्ता गरिसकेका छन्। त्यहाँको न्यायालयले धरपकड रोक्न गभर्नर न्युसमले गरेको निवेदनलाई अस्वीकार गरेको छ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ६ : ०४ बजे

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज