ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन | Khabarhub Khabarhub

ट्रम्पको आप्रवासी धरपकड नीतिविरुद्ध न्युयोर्कमा प्रदर्शन


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको हो। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो। न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको छ। उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मात्र विरोध गरेका छैनन्, न्यूयोर्क बाट आइसिई कार्यालय हट्नु पर्ने कुरा पनि उठाइ रहेका छन्।

सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ। सोही विरोध प्रदर्शनका कारण दिउँसो १ बजेको आसपासमा नै अदालत बन्द भएको छ। १०१ बाटाका लेनहरूलाई प्रदर्शनकारीले ठप्प पारेका छन्। यसरी यातायात रोकिएको यो तीन दिनमा दोस्रो पटक हो।

अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडको विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि यसले क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरलाई रुष्ट बनाएको छ।

मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यस किसिमको घटना भएकोमा आपत्ति जनाएकी हुन्। उनले रात पर्नु अघि नै कर्फ्युको घोषणा पनि हुन सक्ने कुरामा सबैलाई सचेत गराएकी छन्।

प्रदर्शनलाई दमन नगर्नका लागि उनले प्रहरी प्रमुखसँग भेट गरेकी छिन्। गभर्नर गेभिन न्यूसमले त राष्ट्रपति ट्रम्पको विरुद्धमा मुद्दा नै दर्ता गरिसकेका छन्। त्यहाँको न्यायालयले धरपकड रोक्न गभर्नर न्युसमले गरेको निवेदनलाई अस्वीकार गरेको छ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ६ : ०४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं