भन्सार छलेर भित्र्याइएका सामान बरामद « Khabarhub

भन्सार छलेर भित्र्याइएका सामान बरामद


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका  १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर– १० बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यको कपडा बरामद गरेको छ ।

प्रहरीले बिआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर एक्सप्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ । बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्रले वीरगञ्ज महानगर– १० तथा १६ बाट विभिन्न सीमानाकाबाट दुई लाख ४८ हजार १०१ बराबरको कपडा तथा मसला बरामद गरेको छ ।

मङ्गलबार नै सशस्त्र प्रहरीले बिन्दवासिनी गाउँपालिका प्रसौनिबाट भारतबाट अवैध रूपमा भन्सार छली बिआर२२यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको २३ हजार ३८० मूल्यका किरानाका सामान बरामद गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : ४५ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्