गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड « Khabarhub

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि पुरानो व्यवस्थामा फर्किन नसक्ने बताएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि फर्किने कल्पना पनि गर्न नसकिने बताए ।

दाहालले  लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । उनले राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

उनले जनताका समस्या बुझ्न आफूहरू जनताको घरदौलो अभियानमा रहेको बताए । उनले कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्नातर्फबाट हरसम्भव प्रयास हुने स्पष्ट पारे ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १० : ४२ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु