गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड « Khabarhub

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि पुरानो व्यवस्थामा फर्किन नसक्ने बताएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि फर्किने कल्पना पनि गर्न नसकिने बताए ।

दाहालले  लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । उनले राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

उनले जनताका समस्या बुझ्न आफूहरू जनताको घरदौलो अभियानमा रहेको बताए । उनले कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्नातर्फबाट हरसम्भव प्रयास हुने स्पष्ट पारे ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १० : ४२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्