सभामुखले भने-  विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म लैजाऔँ « Khabarhub

सभामुखले भने-  विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म लैजाऔँ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिने बताएका छन्  ।

हिकारु गौतम फाउण्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक वर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके क्षति न्यूनीकरण गर्न सकिने बताएका हुन् । उनले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गरे ।

सभामुख घिमिरेले विपद् न्यूनीकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबीच सहकार्य आवश्यक रहेको जिकिर गरे ।

सिमलतालमा डुबेका बसहरू र गृहमन्त्री भइसकेका माधव घिमिरेसहितको जिप डुवेको घटना अझै पत्ता लाग्न नसक्ने खालका अप्ठेरो प्राकृतिक विपद भोग्नु परेको उनले बताए  ।  

कार्यक्रममा हिकारु गौतम फाउण्डेशनले सशस्त्र प्रहरी बलको गोताखोर इकाइलाई पानी खोज तथा उद्धार उपकरणहरू हस्तान्तरण गरेको थियो । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ११ : ५३ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु