सदनको अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख | Khabarhub Khabarhub

सदनको अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा देखिएको अवरोध खुलाउन सभामुख देवराज घिमिरे दलहरूका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन् । 

प्रतिपक्षमा रहेका दलहरूको अवरोधका कारण संसद् बैठक सुचारु हुन नसकेपछि उनी बुधबार पनि प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् । 

प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि समिति गठनको माग गर्दै आएका छन् । 

प्रतिपक्षी दलहरूको मागअनुसार भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार देखिँदैन । भिजिट भिसा प्रकरणलाई कांग्रेस–एमालेले सामान्य रुपमा लिएर गृहमन्त्री लेखकको बचाउ गरिहरेका प्रतिपक्षको आरोप छ ।

जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्को बैठक जेठ २० गतेका लागि बोलाएका थिए । प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ २० देखि २६ गतेसम्म संसद् बैठक लगातार छ दिन अवरुद्ध भइसकेको छ । सभामुख घिमिरेले बुधबारका लागि फेरि बैठक बोलाएका छन् ।

यसअघि प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारका बेला तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै दुई महिनाको अवधिमा २२ वटा संसद् बैठक अवरोध गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ४२ बजे

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।

उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा

सुडान – उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला 

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग