सदनको अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख « Khabarhub

सदनको अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा देखिएको अवरोध खुलाउन सभामुख देवराज घिमिरे दलहरूका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन् । 

प्रतिपक्षमा रहेका दलहरूको अवरोधका कारण संसद् बैठक सुचारु हुन नसकेपछि उनी बुधबार पनि प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् । 

प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि समिति गठनको माग गर्दै आएका छन् । 

प्रतिपक्षी दलहरूको मागअनुसार भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार देखिँदैन । भिजिट भिसा प्रकरणलाई कांग्रेस–एमालेले सामान्य रुपमा लिएर गृहमन्त्री लेखकको बचाउ गरिहरेका प्रतिपक्षको आरोप छ ।

जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्को बैठक जेठ २० गतेका लागि बोलाएका थिए । प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ २० देखि २६ गतेसम्म संसद् बैठक लगातार छ दिन अवरुद्ध भइसकेको छ । सभामुख घिमिरेले बुधबारका लागि फेरि बैठक बोलाएका छन् ।

यसअघि प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारका बेला तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै दुई महिनाको अवधिमा २२ वटा संसद् बैठक अवरोध गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ४२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले