‘मोहर’को टिजर : ‘देउकी कुप्रथा’को कथामा पल दोहोरो भूमिकामा « Khabarhub

‘मोहर’को टिजर : ‘देउकी कुप्रथा’को कथामा पल दोहोरो भूमिकामा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन २३ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका शीर्ष नायक पल शाह हाबी भएको एक मिनेट १८ सेकेन्डको टिजर मंगलबार सार्वजनिक गरेको हो ।

उनीसहित नायिका वेनिशा हमाल र नीति शाहलाई पनि टिजरमा समावेश गरिएको छ । नीतिलाई ट्रेलरको अन्तिममा थोरै स्थान दिइएको छ ।

टिजरले पल फिल्ममा दोहोरो भूमिकामा रहेको स्पष्ट पारेको छ । लामो कपाल रहेको उनको भूमिका नायिका वेनिशासँग सम्बन्धित छ ।

त्यस्तै छोटो कपाल भएको भूमिकामा नायिका नीतिसँग सम्बन्धित रहेको टिजरले खुलाएको छ ।

विगतमा विशेषतः नेपालका पश्चिमी क्षेत्रमा अन्धविश्वासमा परेर मन्दिरमा देवि–देवताको सेवा गर्न कन्या चढाउने कुप्रथा थियो । ती चढाइएको कन्यालाई ‘देउकी’ भनिन्छ ।

फिल्मको कथा ‘देउकी’ कुप्रथासँग सम्बन्धित रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

यस फिल्ममा अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र मिस पवी शीर्ष भूमिकामा रहेको बताइएको छ । बाल कलाकारको भूमिकामा सारा शर्मा रहेकी छन् ।

फिल्म मेकर्स प्रालिको प्रस्तुतीमा बनेको यो फिल्मको निर्माता चुम्बनजंग शाही हुन् । ओम प्रतिकको लेखन र निर्देनमा यो फिल्म तयार भएको हो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ५६ बजे

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक