'पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी खारेज होस्' | Khabarhub Khabarhub

‘पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी खारेज होस्’


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले समाचार हटाउन र पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । 

चौतारीले बुधबार विज्ञप्ति जारी गरेर बिजमाण्डु डटकम र नेपाल खबर डटकमलाई प्रकाशित समाचार हटाउन जिल्ला अदालतले जारी गरेको आदेश र समाचारकै विषयमा पत्रकार  पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

‘प्रेस चौतारी नेपालको दृढ विश्वास छ– सम्मानीत अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ,’ महासचिव हिरामान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै, नेपाल प्रहरीको साईबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउनेछ ।’

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : १५ बजे

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।

उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा

सुडान – उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला 

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग