भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन छिटै सहमति हुन्छ : प्रवक्ता गुरुङ | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन छिटै सहमति हुन्छ : प्रवक्ता गुरुङ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल–चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  

बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले असार १० देखि १२ गतेसम्म चीनको बेइजिङमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड आफ गभर्नसको वार्षिक बैठकमा सहभागी हुन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै निर्माण व्यवसायसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औँ तह अतिरिक्त स्वास्थ्य सचिव पदमा डा केशर बहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल गुणस्तर(प्रमाणपत्र) तेश्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएका प्रवक्ता गुरुङले बताए  ।  

त्यस्तै प्रवक्ता गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग अनुचित भएको भन्दै छानबिन समिति बनाउने विषयमा छिटै सहमति हुने बताए  । 

छानबिन समिति कै विषयमा दलहरुबीच छलफल भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउन आफूहरूले आग्रह गरेको धारणा राखे । 

त्यस्तै उनले प्रधानमन्त्रीले भनेको झोले शब्दलाई अपव्याख्या नगर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ५४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।

उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा

सुडान – उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा