यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछ : सञ्चारमन्त्री गुरुङ | Khabarhub Khabarhub

यथाशीघ्र संसद्को नियमित बैठक बस्नेछ : सञ्चारमन्त्री गुरुङ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बृहत् छलफल भइरहेकाले यथाशीघ्र संसद्को नियमित बैठक बस्ने बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा छलफल भइरहेकाले सम्भवत आजभोलिमै सहमति भएर बैठक बस्ने बताए।

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्नु अर्थहीन रहेको बताउँदै उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि कारबाही सुरु गरेको छ । भ्रष्टाचारसम्बन्धी विषयमा आयोगले कारबाही सुरु गरिसकेकाले मन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु उचित हुँदैन । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भनेदेखि सरकार सञ्चालनमा समस्या उत्पन्न हुन्छ ।’

मन्त्री गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेकाले सम्भवत आजभोलिदेखि नियमित बैठक बस्ने बताए। गृहमन्त्रीले राजीनामा दिने विषयमा संसदीय छानबिन समिति केका लागि र कसरी बनाउने भन्ने विषय महत्त्वपूर्ण रहेको उनले बताए। 

‘हाम्रो माग गृहमन्त्रीले आफूमाथि उठिरहेका सबै प्रश्नका बारेमा आफ्नो धारणासहित उत्तर दिन पाउनुपर्छ भन्ने हो । प्रतिपक्षले संसद् बैठक बस्न दिएर सहयोग गर्नुपर्छ’, उनले भने।
 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ४४ बजे

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।

उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा

सुडान – उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला 

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग